• एउटै दृष्टि, भिन्न कोण
  • Search

बंगलाचुलीमा नेकपा प्रबेशको लहर – तेस्रो पटक १२ जनाले काग्रेस परित्याग गरे

दाङ २०७७ मङ्सिर २२ गते सोमवार

बंगलाचुली गाउँपालिका वडा नंम्वर २ मा नेपाली काग्रेस परित्याग गरी दुई १२ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
वडा नम्वर २ मा रहेका नेपाली काग्रेस समर्थित विष्नु विष्ट,दल बहादुर बुढा,विष्नु बस्नेत,चेत बहादुर नेपाली,राम बहादुर परियार नेपाल कम्युनिष्ट पार्टि (नेकपा)मा प्रवेश गरेका हुन् । त्यसैगरी पार्टि प्रवेश गर्नेहरुमा सुरज घर्ती,अत बहादुर नेपाली ,दामी वि.क.,सुशिला घर्ती मन बहादुर पुन, डोम बहादुर वि.क. लगाएतका रहेका छन् । १८ गते बंगलाचुली गाउँपालिका वडा नं.-२ को टाकुरामा एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई पार्टी पर्वेश गराईएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)गरिव दुखी जनताको पक्षमा लड्दै आएको पार्टी भएको हुँदा सबै वर्गको रोजाईमा नेकपा परेको बताएका छन् । उनिहरुले सर्वहारा वर्गको अविभावक नै नेकपा रहेको हुँदा सबै जनताले साथ सहयोग र खबरदारी गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बंगलाचुली गाउँपालिका वडा नं-२ वडा कमिटी अध्यक्ष घनश्याम घर्ती मगरको अध्यक्षता एवं नेकपा जिल्ला कमिटी सदस्य तथा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको प्रमुख आतिथ्य आतित्यमा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य तथा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली,नेकपा दुईनंम्वर क्षेत्र “क” का सचिवालय सदस्य तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्ति थापामगर, बंगलाचुली गाउँपालिका वडा नं.-३ का अध्यक्ष शोभाराज विश्वकर्मा, लगाएतले नव प्रवेशिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस