• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रचण्ड पत्नी सितालाई उपचारका लागि भारत लैजाने तयारी

काठमाडौ २०७७ पुष १३ गते सोमवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई स्वास्थ्य उपचारका लागि पुनः भारत लैजाने तयारी भएको छ ।

लामो समयदेखि बिरामी रहेकी सीतालाई यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिएको हो ।

भारतका चिकित्सक र अस्पतालसँग सिताको उपचारका बारेमा परामर्श भइराखेको जनाइएको छ

‘यहाँका चिकित्सकहरुले आमाको रिपोर्ट लिएर भारतका विशेषज्ञ चिकित्सकसँग सल्लाह गरिराख्नु भएको छ । चार/पाँच दिनभित्र आमालाई भारत लाने तयारी हुँदैछ’, प्रचण्डका निजी सचिव तथा पुत्री गंगा दाहालले भनिन् । प्रचण्ड पत्नी सीता स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्याबाट पीडित छिन । यसअघि उनको उपचार अमेरिकाको जोन्स हप्किन्स आउटपेशन्ट सेन्टरमा गरिएको थियो । सीताको सिंगापुरमा समेत उपचार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस