विवेकशिल साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धनगढीमा शान्तिपूर्ण विरोधसहित स्वागत गरेको छ। विवेकशिल साझा पार्टी, सुदूरपश्चिम प्रदेश कार्यालयबाट साँझा युवा संगठनले विरोधसहित स्वागत गरेको हो।
संगठनले बेलुन उडाएर प्रधानमन्त्रीको विरोधसहित स्वागत गरेको हो। बेलुनमा ‘प्रधानमन्त्रीज्यू, उत्ताउलाहरूको प्रदेशमा स्वागत छ’ लेखिएको थियो ।
कोरोना संक्रमणको सुरुवाती अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम बासी उत्ताउला भएको र उनीहरूकै कारण नेपालमा कोरोना सर्ने सम्भावना बढेर गएको प्रतिक्रिया दिएका थिए । उक्त अभिव्यक्तिको सुदूरपश्चिममा आलोचना भएको थियो ।
यस्तै अनेरास्ववीयूले पनि धनगढीमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको छ । धनगढीको दुई स्थानमा कालो झण्डा देखाइएको हो ।