• एउटै दृष्टि, भिन्न कोण
  • Search

बंगलाचुलीमा काग्रेस छाेड्नेको लर्को, २१ जना ले गरे (नेकपा) प्रचण्ड माधव सुमहमा प्रवेश

काठमाडौ २०७७ फाल्गुन १९ गते बुधवार

बंगलाचुली गाउँपालिका वडा नंम्वर एमामा २१ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहमा प्रवेश गरेका छन् । वडा नम्वर एकमा रहेका नेपाली काग्रेस समर्थित केशर गोडे,यज्ञराज पुन,सरस्वता वि.क.डम्बर विष्ट,तारा बहादुर वि.क,मुकुण्ड कुवर नेपाल कम्युनिष्ट पार्टि (नेकपा)मा प्रवेश गरेका हुन् ।

त्यसैगरी पार्टि प्रवेश गर्नेहरुमा निमराज घर्ती,जिवराज घर्ती,ईश्वर रोका,दामोदर पुन,चित्र पुन,बाँमीदेवी दमाई,बल बहादुर पुन,गोवरधन घर्ती,खगराज वि.क.,यादव आग्री,सिता सुनार, लगाएतका रहेका छन् । मंगलबार बंगलाचुली गाउँपालिका वडा नं.-१ स्युजामा एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई पार्टी पर्वेस गराईएको हो । यस वडामा नेपाली काग्रेसबाट निर्बाचित जन प्रतिनिधि पनि यस अघि नै नेकपा मा प्रबेश गरिसकेका छन ।

यसैविच पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनताको पक्षमा लड्दै आएको र आगामी दिनमा पनि जनताकै पक्षमा लड्ने बताएका छन् । उनिहरुले सर्वहारा वर्गको अविभावक नै नेकपा रहेको हुँदा अरु कसैले नेकपाको नाम भजाएर जनतालाई धोखा दिईरहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टि (नेकपा) लुम्बिनि प्रदेश कमिटि सचिवालय सदस्य लक्ष्मण आचार्यले जनतालाई विभिन्न बहानामा वास्तविक कम्युनिष्ट पार्टी र जनताकै पार्टी प्रचण्ड माधवले नेतृत्व गरेको पार्टी नेकपा रहेको भन्दै कोही कतै भ्रममा नपर्न आग्रह गर्नु भएको छ । उहाँले केपी समूहले नेकपाको नाममा जनतालाई भ्रममा पार्ने काम गरीरहेको भन्दै उहाँले उनिहरु संग वेलैमा सबै जनता सजक हुनु पर्ने बताउनु भयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बंगलाचुली गाउँपालिका वडा नं-१ वडा कमिटी अध्यक्ष जितु घर्तीको  अध्यक्षता एवं नेपाल कम्युनिष्ट पार्टि (नेकपा) लुम्बिनि प्रदेश कमिटि सचिवालय सदस्य लक्ष्मण आचार्यको प्रमुख आतिथ्य आतित्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिव तुलसीराम पुन शुवास, बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वली,नेकपा दुईनंम्वर क्षेत्र “क” का सचिवालय सदस्य तथा बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना घर्ति थापामगर, लगाएतले नव प्रवेशिहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस