नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गंगादेव गाउँ कमिटी रोल्पाको बैठक सानडाँडा रोल्पामा सम्पन्न भएको छ । गाउँ कमिटी अध्यक्ष प्रेम बहादुर वलीको अध्यक्षतामा बैठक शनिबार सम्पन्न भएको हो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) गंगादेब गाँउपालिका बाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरु, गाँउपालिका कमिटी सदस्यहरु, वडा कमिटीका प्रमुख प्रतिनिधिहरु, भात्री संगठनका प्रमुख प्रतिनिधिहरु, को उपस्थिति रहेकोे थियो । बैठकमा स्थानिय निर्बाचनको ४ बर्षमा संगठन अवस्था, सत्ताले गरेका कामको चर्चामा केन्द्रित भएको थियो ।
पार्टी बैठकले स्थानीय सरकारले निर्बाचित भए पछि ४ बर्ष सम्म गरेका कामको समिक्षा, आव ०७८/७९ लागि योजना निर्माण तयार गरि सिफरीस गर्ने, पार्टी सङ्गठन बिस्तार तथा सुदृढीकरण गर्ने निणर्य गरेको छ ।
बैठकको सन्चालन माओवादी केन्द्र गंगादेव गाउकमिटी सचिव बिजय घर्ती मगरले गरेका थिए ।