• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपा केन्द्रिय सदस्य “आदर्श” लाई महासचिब बिप्लब गरे स्वागत

काठमाडौ २०७८ साउन ४ गते सोमवार

२० महिना लामो राजबन्दिकोरुपमा जेल बसेर फर्केका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’लाई महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्वागत गरेका छन् । काठमाण्डौ उपत्यकामा क.आदर्श सँग भेट गर्दै संघर्षको मैदानमा खादा ओढाइ स्वागत गरेका हुन ।

२०७६ कात्तिक २२ गते सांगठनिक कामका लागि हिँडिरहेकाबेला बाजुराको गौमुल गाउँपालिका-.३ माझपालीबाट ओलीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सर्वोच्च अदालतको आदेशमा बाजुरा कारागारबाट नेता आदर्श २० महिना पछि रिहा भएका थिए ।

बाजुराबाट हालै मात्र काठमाडौं फर्केका नेता आदर्शलाई नेकपा महासचिव विप्लवले शनिबार काठमाडौंमा स्वागत गर्दै थप संघर्षकोलागि बधाई समेत दिएका छन ।

प्रतिक्रिया दिनुहोस