• एउटै दृष्टि, भिन्न कोण
  • Search

श्रेष्ठलाई बिनासर्त रिहाइको माग गर्दै नेविसंघको प्रदर्शन,नगरे तालाबन्दि गर्ने चेतावनी

भक्तपुर २०७८ साउन ११ गते सोमवार

नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पस इकाइका पूर्वअध्यक्ष सतिश श्रेष्ठलाई रिहाइको माग गर्दै नेविसंघ सानोठिमी इकाइले प्रदर्शन गरेको छ ।

क्याम्पस प्रशासनले श्रेष्ठ माथि लगाएको झुटो मुद्दा खारेजी र बिनासर्त रिहाइको माग गर्दै सानोठिमी क्याम्पस अगाडी शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

२४ घन्टा भित्र रिहाइ नभए सानोठिमी क्याम्पस प्रसाशन र क्याम्पस प्रमुखको कार्यकक्ष समेत ताला बन्दि गर्ने नेविसंघ सानोठिमी इकाइले चेतावनी दिएको छ ।

क्याम्पसभित्र प्रवेश गर्ने क्रममा भएको सामान्य विवादमा क्याम्पस प्रशासनले प्रहरीलाई बोलाएर श्रेष्ठलाई पक्राउ गरेको नेविसंघको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस