• एउटै दृष्टि, भिन्न कोण
  • Search

काँग्रेस महाधिबेशन: रोल्पामा १० ओटै पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन

रोल्पा २०७८ असोज ९ गते शनिवार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत रोल्पाका सबै पालिकाहरुका सर्बसम्मत रुपमा नेतृत्व चयन गरिएको छ । काँग्रेस रोल्पाका जिल्ला सभापति अमरसिंह पुनका अनुसार जिल्लाको एक नगरपालिका र नौं वटा गाउँपालिका गरि कुल सबै दशवटै पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ ।

जिल्ला सभापति पुनले रोल्पा नगरपालिकाको सभापतिमा चन्दप्रकाश आचार्यसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत रुपमा चयन भएको बताए ।

त्यस्तै गाउँपालिकाहरु सुनछहरीको सभापतिमा कोमबहादुर बुढा गमर, सुनिलसमृतिको सभापतिमा आशिष गिरी, गंगादेवको सभापतिमा मिनबहादुर खड्का, माडीको सभातिमा नवराज डाँगी सर्वसम्मत रुपमा चयन भएका छन् ।

त्यस्तै परिवर्तन गाउँपालिकाको सभापतिमा खड्कबहादुर घर्ती मगर, थबाङको सभापतिमा खरिलाल डाँगी, त्रिवेणीको सभापतिमा दुर्यौधन राना, रुन्टीगढीको सभापतिमा जनक पुन र लुङ्ग्री गाउँपालिकाको सभापतिमा जनक खड्का सर्वसम्मत रुपमा चयन गरिएका हुन ।

प्रतिक्रिया दिनुहोस