• एउटै दृष्टि, भिन्न कोण
  • Search

विद्यार्थी संगठन शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ : अध्यक्ष पञ्चा सिंह

काठमाडौ २०७८ असोज २१ गते बिहिवार

नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले विद्यार्थी संगठनहरु शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने बताएकी छन् ।

बिहीबार पत्रकारसँग कुरा गर्दै उनले देशको मुख्य समस्या राजनीतिमा भएकाले विद्यार्थी संगठनहरु विगतमा त्यसैमा केन्द्रित हुनुपरेको बताउँदै अब भने रचनात्मक र सिर्जनात्मक ढंगले शैक्षिक मुद्दामा लाग्ने उनको बताएकी छन ।

उनले भनिन् ‘विद्यार्थी आन्दोलन रचनात्मक र सिर्जनात्मक हुनुपर्ने । यो रचनात्मक र सिर्जनशील आन्दोलन पार्टीको एजेण्डा मात्रै बोक्ने आन्दोलन बनेको छ । यो कुरा हामीले गम्भीर अनुभूति गरेका छौं। विद्यार्थी आन्दोलनको रचनात्मक र सिर्जनात्मक पक्षलाई अब हामी बोकेर लैजान्छौं ।’

सिंहले आफ्नो संगठनलाई वैचारिक र राजनीतिक रुपले बलियो बनाउनका लागि पाठ्यक्रम नै बनाएर प्रशिक्षण दिने तयारी गरिरहेको पनि जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस