• एउटै दृष्टि, भिन्न कोण
  • Search

माओवादी केन्द्रले गर्यो पालिका सम्मेलन सम्मकोलागि परिपत्र

काठमाडौ २०७८ असोज २६ गते मङ्गलवार

नेकपा माओवादी केन्द्रले टोलदेखि पालिका सम्मेलनको मिति तय गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयबाट परिपत्र गर्दै पालिकासम्मको मिति तय गरेको हो ।

परिपत्रअनुसार, टोल सम्मेलन कात्तिक ६ गते, वडा सम्मेलन कात्तिक १३ गते र पालिका सम्मेलन मंसिर ४ गते तय गरेको छ । सोही अनुसार टोलदेखि पालिका सम्मेलनसम्म गर्न परिपत्रमा भनिएको छ ।

असोज ६ गते र ११–१३ गते बसेको स्थायी समितिको निर्णयानुसार सो परिपत्र गरिएको हो ।

माओवादी केन्द्रले केन्द्रीय महाधिवेसन भने आगामी पुस महिनामा गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस