• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपा एकीकृत समाजबादी डोल्पा जिल्ला इन्चार्जमा लोकपृय नेतालाइ जिम्मेवारी

डोल्पा २०७८ असोज ३१ गते आइतवार

डोल्पाका प्रतिनिधि सभा सदस्य एवं लोकपृय कम्युनिष्ट नेता धनबहादुर बुढालाई नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले डोल्पा जिल्लाको इन्चार्जमा चयन गरेको छ । माधब कुमार नेपालका निकट मानिने बुढालाई पार्टीले केन्द्रीय सदस्यको साथै डोल्पा जिल्ला इन्चार्जमा चयन गरेको हो ।

पार्टीले केन्द्रीय सदस्यलाइ जिल्लाको इन्चार्ज समेत  चयन गरेको उक्त पार्टीका जिल्ला नेता बबिकिशोर गुरुङले जानकारी दिए। धनबहादुर बुढा नेकपा एमालेबाट डोल्पा जिल्लाको संघिय सांसदको रुपमा लगातार दुइपटक अत्याधिक बहुमतले निर्वाचित भएका ब्यक्ति हुन । जिल्ला सभापति, संविधानसभा सदस्य हुँदै संघिय सांसदमा निर्वाचित बुढा राजनितिमा एकदमै चलाख मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस