नेकपा माओवादी केन्द्रले साना कम्युनिष्ट पार्टीहरुसँग एकता पहल सुरु गरेको छ ।
स्थायी कमिटीको मंगलबार बिहान पेरिसडाँडामा बसेको बैठकले एकता पहललाई अघि बढाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । बैठकमा एकताका लागि गठन गरिएको कार्यदलले ४५ वटा साना कम्युनिष्ट पार्टीहरुसँग भएको छलफललाई अनुमोदन गरेको छ ।
बैठकले राष्ट्रिय सम्मेलनलाई यथावत् राख्दै सदस्यता नवीकरण, टोल, वडा, पालिका र प्रदेश सम्मेलनको मिति हेरफेर गरेको छ ।
माओवादी केन्द्रले लेखा समितिको जिम्मा पेसलकुमार पोखरेल र अनुशासन आयोगको जिम्मा टंक राईलाई दिएको छ ।