नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत कम्युनिष्ट नभएको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिबालय सदस्य धर्बेन्द्र बास्तोला कन्चनले बताएका छन । रोल्पा आएको अबसर पारेर जन पत्रकार संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो धारणा ब्यक्त गरेका हुन।
पत्रकार सम्मेलनमा बोल्दै केन्द्रिय सचिबालय सदस्य धर्बेन्द्र बास्तोलाले अब राष्ट्र निमार्णको लागी देश भत्त जोकोहि सक्ति सँग भए पनि आफ्नो पार्टीले कार्यगत एकता गरेर भए पनि एकिकृत जनक्रान्ति मार्फत देशमा वैज्ञानिक समाजवाद स्थापना गर्ने लक्ष्य सहित आफ्नो राजनैतिक गतिविधि गरिरहेको बताए । अहिले चल्दै आएको संसदिय ब्यबस्ता उल्टो ब्यबस्था भएको हुनाले अब यो व्यबस्थालाई परिर्बतन गरी अर्को ब्यवस्था स्थापनाकोलागि सबै देश भक्तहरुलाई एक जुट भएर लाग्न आग्रह समेत गरे ।
आफ्नो पार्टी एकिकृत जनक्रान्ति स्थापना गर्नको लागी जनमत संग्रहमा जान खोजेको तर अहिलेका संसदवादी दलहरु आफु हारीन्छ भनेर जनमत संग्रहमा जान नचाहेको आरोप समेत लगाए । पत्रकारहरुको जिज्ञासामा बोल्दै नेता बास्तोलाले नेपालमा आफ्नो पार्टी बाहेक अरु कुनै पनि पाटी कम्युनिष्ट पार्टी नभएको भन्दै नेकपा माओबादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत कम्युनिष्ट नभएको बताएका थिए। हाल सम्म नेपाली कांग्रेका नेता एंवम पुर्ब प्रधानमन्त्री कृष्ण प्रसाद मात्र सन्त र त्यागि नेता भएको र उनको पालामा मात्र देशमा भष्ट्राचार अनिमित्ता नभएको बांकि सबै नेपालका हाल सम्मका नेता भ्रष्ट्र र स्वार्थि भएको हुदा देश यो अबस्थामा पुगेको धारणा राखेका थिए ।