• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा पूर्व सभामुख महराको सक्रियता: आज गंगादेब गाउपालिकामा

रोल्पा २०७८ कार्तिक १२ गते शुक्रवार

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य, पार्टी प्रवक्ता तथा पूर्व सभामुख कृष्णबहादुर महराले रोल्पामा राजनैतिक गतिविधिमा सक्रिएता बढाएका छन । शारिक अस्वच्छताका बिचमा पनि आज हुने गंगादेब गाउपालिका रोल्पाको योङ कम्युनिस्ट लिग( वाइसिएल) को गाउपालिका स्तरिय सम्मेलन उद्घाटन गर्न आउने भएको वाइसिइल गंगादेव गाउपालिका संयोजक भरत केसी ले जानकारी दिए ।

वाइसिएलको गाउपालिका सम्मेलनमा सहभागी हुन केन्द्रि सह-संयोजक सुबोध शेर्पाली, केन्द्रीय सदस्य जितेन्द्र पुन, नवीन खड्का लगायतको टोलि आइपुगेको आयोजकले जनाएको छ । नेकपा माओवादी केन्द्र गंगादेब गाउपालिकाले सक्रियताका साथ सांगठनिक गतिविधि संंचालन गरिरहेको गाउपालिका पार्टी अध्यक्ष प्रेम बहादुर वली”पवन” ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस