रोल्पा पुगेका नेपाल कम्यूनिष्ट पार्टीका स्थाइ समिति सदस्य, पार्टी प्रवक्ता पूर्व सभामुख कृष्णबहादुर महराले एमसिसि पास कुनै पनि हालतमा नहुने भएकाले चिन्तित नहुन आग्रह गरेका छन । योङ कम्यूनिष्ट लिग (वाइसिएल) गंगादेब गाउपालिका रोल्पाको पहिलो सम्मेलनमा प्रमुख अतिथिकोरुपमा मन्तब्य दिदै यस्तो धारणा राखेका हुन ।
देशमा दुइतिहाइ नजिक पुगेको नेपाल कम्यूनिष्ट पार्टी फुट हुनु, पाच दलिय गठबन्धन भएको देशको स्वाधिनता रक्षाको निम्ति भएकोले राष्ट्रघाति एमसिसि सम्झौता संसदबाट पास नहुनेमा ढुक्क हुन आग्रह गरे । देशमा राजतन्त्र पुनस्थापना र एमसिसि संसदबाट पास हुने बिषय अहिलेको परिस्थितिमा संभव नभएको भनाइ थियो ।

नेकपा माओवादी केन्द्र पार्टीलाइ २०७४ मा लैजान आवश्यक रहेकोले टुटफुठ भएर रहेका कम्यूनिष्ट नेतालाइ भेटगरिरहेको खुलासा गरेका थिए । गाउपालिका सम्मेलनमा देखिएको उत्साहपूर्ण सहभागिताले पार्टी पुरानो अवस्थामा फर्कने थप हौसला प्रदान गरेको बताएका थिए ।

