• एउटै दृष्टि, भिन्न कोण
  • Search

माओवादी केन्द्रको अवको कार्यदिशा बैज्ञानिक समाजवाद हुने : प्रवक्ता महरा

रोल्पा २०७८ कार्तिक १३ गते शनिवार

पूर्व सभामुख तथा नेकपा माओबादी केन्द्रका प्रबक्ता कृष्ण बहादुर महराले पुस महिनामा हुनगैरहेको राष्ट्रिय सम्मेलन पछि परिवर्तनकारी कम्युनिष्टहरुको नयाँ पार्टी बन्ने बताए । बैज्ञानिक समाजबादको कार्यदिशा दस्तावेजमा टेकेर अब नयाँ पार्टी निर्माण गर्ने तयारी र छलफफ भैरहेको बताएका हुन् ।

योङ कम्युनिस्ट लिग वाईसीएल नेपाल गंगादेव गाउपालिका रोल्पाको सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्न रोल्पा पुगेका महराले नेकपा माओबादी केन्द्रको केन्द्रीय समितिको बैठकले बैज्ञानिक समाजबादमा केन्द्रित हुने दस्तावेज तयार पारेको बताए ।  उनले भने ‘ केन्द्रिय समितिको बैठक बसेर एउटा दस्ताबेज तय गरेका छौ, बैज्ञानिक समाजबादमा केन्द्रिय हुने र त्यसपछि बैज्ञानिक समाजबाद हुँदै नयाँ पार्टी निर्माण गर्ने छौ’ ।

प्रबक्ता महराले क्रान्ति वा परिवर्तन चाहानेहरु एकै ठाउँमा हुनुपर्नेमा जोड दिए । फुटेका कम्युनिष्टहरुको एकताका लागि प्रयास जारीरहेको उनले बताए । विप्लब, मोहन बैद्य र मोहनविक्रम समेतलाई भेटेको बताउदै, अब नयाँ पार्टी बनाउन प्रयास भैरहेको उनले खुलासा गरेका हुन ।

प्रतिक्रिया दिनुहोस