नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’ लगायतका नेताहरु रोल्पा गंगादेव गाउँपालिकामा आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँकमिटीले आयोजना गरेको लामो समय जेल-हिरासत मुक्त नेताहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुन आउने आयोजकले जनाएको छ ।

नेकपा केन्द्रीय सदस्य चुडामणि वली “आदर्श” संगै अन्य नेताहरु नेकपा रोल्पा जिल्ला सेक्रेटरी दिनेश बिक्रम चन्द, नेकपा लमजुङ सेक्रेटरी आक्रोस लगायतका नेताहरु आउन लागेको गंगादेव गाउँकमिटी इन्चार्ज किरणले जानकारी दिए । नेता आदर्श र आक्रोस प्रतिबन्धको समयमा जेल हिरासत बसेका नेताहरु हुन् । नेता चुडामणि वली ‘आदर्श’ र जंग बहादुर भण्डारी ‘आक्रोश’को जन्मस्थल गंगादेव गाउँपालिका हो ।
जेल-हिरासत मुक्त नेताहरुलाई स्वागत तथा सम्मान कार्यक्रममा कार्तिक २३ गते मंगलबार गंगादेव गाउँपालिका वडा नं ३ सिद्दार्थ मावि घोप्टेओढार पातिहाल्नमा हुने भएको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय कलाकार हरी डिसी लगायतका कलाकारहरुको उपस्थिति रहने छ, भने कार्यक्रममा स्थानीय समुदाय बाट विभिन्न झाँकी समुहहरुलाई समेत उपस्थितिका लागि निमन्त्रणा गरिएको छ ।