बैज्ञानिक समाजवाद स्थापनाकोलागि सबै राजनितीकदलले संसदीय ब्यवस्था छोड्न नेकपा केन्द्रीय सदस्य”आदर्श”ले अपिल गरेका छन। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा लामो समय जेल हिरासत भोगेका चुडामणि वली आदर्शले प्रचण्ड नेतृत्वको नेकपा माओबादी केन्द्र पार्टीले विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसंग एकता गर्ने भए संसदीय ब्यबस्था छोडेर आउन आग्रह गरेका छन । गृहजिल्ला रोल्पा पुगेका नेता आदर्शले जनयुद्दको उदेश्य संसदीय ब्यबस्था स्वीकार्ने नभएको बताउदै बैज्ञानिक समाजबादी ब्यबस्थाका लागि जनमत संग्रहमा सामेल हुन अपिल समेत गरेका छन ।
रोल्पाको गंगादेवमा जेल हिरासत मुक्त नेकपाका नेताहरुलाई स्वागत तथा सम्मान कार्यक्रम यस्तो धारणा ब्यक्त गरेका हुन । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गंगादेव गाउँ कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा नेता तथा कार्यकर्ताहरुलाई अभिनन्दन गरेको हो ।
नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुबासले गंगादेबमा सम्पन्न कार्यक्रमले राजनीतिक संस्कारको बिकाश भएको बताए । उनले भने ‘सबै दलका नेताहरु एउटै मन्चमा उभिएर जेल हिरासतबाट मुक्त कमरेडहरुलाई स्वागत तथा अभिनन्दन गरेको बिषय नेपालमै पहिलो र सकारात्मक हो।’
त्यसैगरि अन्य बक्ताहरुले एमसीसीको कारण देश बर्बाद हुने बताउदै, त्यसको बिरुद्द जागरुक हुन अपिल गरेका थिए । दलाल ब्यबस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्तिमा लामबद्ध हुन् आग्रह गरेका थिए ।
नेकपाका केन्द्रीय सदस्य चुडामणि वली ‘आदर्श’, नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठा ‘सुबास’, लमजुङ जिल्ला सेक्रेटरी जंग बहादुर भण्डारी ‘आक्रोश’ जनयुद्दका नेता बिश्व, पत्रकार गोपाल चन्द, लगायतका नेताहरुलाई स्वागत तथा अभिनन्दन गरिएको हो । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र जनसमुदायको उपस्थिति रहेको थियो ।
नेता आदर्श लगायतका नेताहरु प्रतिबन्धको समयमा जेल हिरासत भोगेका थिए ।