• एउटै दृष्टि, भिन्न कोण
  • Search

डोल्पामा गाउपालिका अध्यक्ष सहित धेरैले गरे एमाले परित्याग-प्रचण्डले गरे स्वागत

डोल्पा २०७८ कार्तिक २५ गते बिहिवार

तीन भागमा बाडिएको डोल्पा जिल्लाको उपल्लो डोल्पा अन्तर्गत पर्ने डोल्पोबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङ्ग सहित तीन वडा अध्यक्ष नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधवार एक कार्यक्रमका बिच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले जनप्रतिनिधि सहित दुई दर्जन धेरै युवालाइ पार्टीमा स्वागत गरेका थिए ।

एमालेबाट माओवादी केन्द्रमा प्रवेश गर्ने वडा अध्यक्षहरुमा वडा नं १ का अध्यक्ष क्याल्पाे थापा भाेटे,वडा नं २ का अध्यक्ष  छाेईक्याप भाेटे,वडा नं  ३ का अध्यक्ष पाल्जाङ लामा र वडा नं ६ का कार्यवाहक अध्यक्ष पेम्मा वाङछुक गुरुङ रहेका छन् ।

प्रचण्ड सहित  अर्थमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेश इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य शक्ति बस्नेत,पूर्व शान्ति मन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडी उपस्थित कार्यक्रममा जनप्रतिनिधि सँगै दुईदर्जन धेरै स्थानीय युवाहरु समेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस