• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाली काङ्ग्रेस रोल्पाको अधिवेशन सर्यो

रोल्पा २०७८ मङ्सिर २ गते बिहिवार

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रोल्पा जिल्ला प्रदेश सभा को अधिवेशन सरेको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘क’ र ‘ख’ को क्षेत्रीय अधिवेशन मङ्सिर ३ मा गर्ने गरि नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिले सुचना जारी गरेकोमा जिल्ला विभिन्न ठाउमा परम्परागत धार्मिक तथा सामाजिक संकार अनुसार दिवालीपर्व परेक‍ोले धेरै जस‍ो क्षेत्रीय प्रतिनिधिहरु उपस्थित हुन नसक्ने भएकाले निर्वाचन मङ्सिर ४ मा सारिएको जिल्ला निर्वाचन अधिकृतको कार्यलयले सुचना जारी गर्दै जानकारी दिएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति रोल्पा र सर्वपक्षीय भेलाबाट मङ्सिर १ गते नै जिल्ला अधिवेशन भने पुर्व निर्धारित मिति मा नै गर्ने भन्ने निर्णय भएकोले अधिवेशन मङ्सिर ६ गते हुने निर्वाचन अधिकृत सुर्य बहादुर वली ले जानकारी दिए ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर “क” को अधिवेशन सुनिल स्मृति गाउपालिका स्थित धनलक्ष्मी किचन सुलिचौर तथा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर “ख” को अधिवेशन माडी गाउपालिकाको सभाहल घर्तिगाउ र जिल्ला अधिवेशन सदरमुकाम लिवाङमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस