नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पार्टी सदस्य भएको जिल्ला दाङ र सबैभन्दा कम सदस्य भएको जिल्ला अर्घाखाँची बनेको छ। दाङमा पार्टी सदस्य लिनेको संख्या १९ हजार ६ सय ७३ र अर्घाखाँचीमा पार्टी सदस्य संख्या ४ हजार ३ सय ४४ रहेको माओवादी केन्द्रले जनाइएको छ ।

पार्टी सदस्यता वितरणको हिसाबले दाङ पछि बलियो रोल्पा देखिएको छ। रोल्पामा १६ हजार ७ सयले पार्टी सदस्यता लिएका छन् । त्यस्तै गरि रोल्पा पछि बर्दिया र बाँके रहेका छन् ।
बर्दियामा १४ हजार ३ सय, बाँकेमा ११ हजार १ सय, रुपन्देहीमा १० हजार ४ सय, कपिलवस्तुमा ७ हजार ११, र प्यूठानमा ६ हजार ४ सय, पूर्वी रुकुममा ६ हजार ३ सय, गुल्मीमा ५ हजार ९ सय, पाल्पामा ४ हजार ७ सय र परासीमा ५ हजार ७ सयले सदस्यता लिएका छन् ।
माओवादी केन्द्रले जनाएअनुसार अझैपनि धेरै सदस्यहरुको अनलाइन इन्ट्री भइसकेको छैन्।अनलाइन इन्ट्री भइरहेको कारण थप केही सदस्य बढ्ने देखिन्छ ।