नेपाली काँग्रेस त्रिपुरा सुन्दरी गाउपलिकाको सभापतिमा युवा नेता मोहन कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।
सोमबार भएको गाउँपालिका अधिवेशनमा सभापतिका लागि मोहन कुमार श्रेष्ठ र समिर लामा (बम्जन) बीच प्रतिस्पर्धामा ६० मतको अन्तरले श्रेष्ठ विजयी भएका हुन् ।
श्रेष्ठ ८१ मत प्राप्त गरेका थिए भने लामा ले २१ मत प्राप्त गरेका थिए ।
श्रेष्ठ नेपाल विद्यार्थी संघ सानोठिमी क्याम्पस इकाईका पूर्व अध्यक्ष तथा पुर्व क्षेत्रीय सदस्य हुन ।