• एउटै दृष्टि, भिन्न कोण
  • Search

माओबादी केन्द्र गंगादेवको अध्यक्षमा क.प्रभाव निर्विरोध चयन – पदाधिकारीमा असन्तुष्टि

रोल्पा २०७८ मङ्सिर ११ गते शनिवार

नेकपा माओवादी केन्द्र गंगादेव गाउँपालिका रोल्पाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट गाउपालिका अध्यक्षमा नरसिङ राना “क. प्रभाव” लाई सर्वसहमतिमा निर्वाचित गरेको छ ।

यूवाहरुको असन्तुष्टिको बिचमा सम्मेलनबाट ४९ सदस्यीय कार्यसमिती चयन गरेको छ । ६ जना पछि थप गरिने माओवादी केन्द्र गंगादेवले जनाएको छ।

समितिको उपाध्यक्षमा रिता घर्ति, बिजय घर्ति र अमृत थापा “क.कल्याण”, सचिवमा रेसम राज डाँगी “क. रविन”, सह-सचिवमा भूपाल दमाई र कोषाध्यक्षमा लक्ष्मी बुढा चयन भएका हुन । माओबादी केेन्द्र गंगादेव गाउपालिकामा केही सक्रिय यूवाहरु गठन प्रक्रियामा असन्तुष्ट रहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस