नेकपा माओवादी केन्द्रले निर्माण गरेको उपत्यका विशेष प्रदेश भित्र युवा विशेष महाशाखाको प्रथम सम्मेलन सम्पन्न भएको छ । यूवा विशेष महाशाखाको प्रथम सम्मेलनबाट जनकलाकार नविन खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । खड्का देश भरीकै भुगोल र ग़ैर भुगोल सबै जिल्ला कमिटी मध्य सबै भन्दा कान्छो जिल्ला अध्यक्ष समेत बनेका छन ।

केन्द्रीय सांस्कृतिक विभाग प्रमुखको भूमिका समेत जिम्मेवारी निर्वाह गरिसकेका खड्काले चर्चित गीत म पनि माओवादी, आयो वाईसीएल, भोट माओवादीलाई, राम्रो माओवादी , कथा परदेशीको, झ्याम्म झ्याम्म लगायतका बिभिन्न ख्याति प्राप्त गीतहरुमा स्वर दिएका छन ।
राेल्पा गंगादेव गाउँपालिका वडा नम्बर ३ डाँडाखुटीमा जन्मेका खड्का १३ वर्षको सानै उमेरमा जनयुद्दमा होमिएका थिए उनी संस्कृतिक मोर्चा एरिया कलाकार, जिल्ला कलाकार, क्षेत्रीय सांस्कृतिक परिवार र केन्द्रीय सामना सांस्कृतिक परिवार हुदै, २०७० पश्चात YCL नेपाल साधारण सदस्य हुँदै केन्द्रीय सदस्य र तत्कालीन सचिवालय सदस्य जिम्मेवारी समालेर काम गरिसकेका छन ।
गठित ६५ सदसिय समितिमा अध्यक्ष – नवीन खड्का, उपाध्यक्ष – हेमचन्द्र राई, उपाध्यक्ष – शर्मिला तामाङ गुरुङ, उपाध्यक्ष – शंखर आचार्य, सचीव – प्रेम चापागाईं, सहसचीव – सुरेन्द्र कुवर,कोषाध्यक्ष – अरुण क्षेत्री, लगायत निर्वाचित ५४ सदस्यीय महाशाखा समिती सदस्य चयन भएको र बांकी ११ सदस्यय मनोनित रहने बताईएको छ ।

उपत्यका विशेष प्रदेश समिति मातहत युवा विशेष महासाखा, मजदुर विशेष महाशाखा, विद्यार्थी विशेष महासाखा, पेशागत विशेष महासाखा, उद्योमि व्यवसायी विशेष महासाखा, पत्रकार साँस्कृतिक विशेष महाशाखा गरि ६ वटा महासाखाहरु रहेकाे माओवादी केन्द्रले जनाएको छ ।