• एउटै दृष्टि, भिन्न कोण
  • Search

६०० मत गणना हुदा खड्का र गच्छदारको मत बराबर, गुरुङको अग्रता

काठमाडौ २०७८ मङ्सिर २९ गते बुधवार

नेपाली कांग्रेसको उपसभापति पदको मतगणनामा धनराज गुरुङले अग्रता कायम राखेका छन् ।

६०० मतको गणना हुँदा उनले २५८ मत पाएका छन् । त्यस्ते पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले समान २४६ मत पाएका छन् । त्यस्तै चन्द्र भण्डारीले २१५ मत पाएका छन् ।

कांग्रेसमा दुई जना उपसभापति निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस