• एउटै दृष्टि, भिन्न कोण
  • Search

अमर पुनद्वारा नवनिर्वाचित उपसभापति गुरुङ र महामन्त्री थापालाई बधाई

काठमाडौ २०७८ पुष ४ गते आइतवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनमगरले कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङ र नवनिर्वाचित महामन्त्री गगन थापालाई बधाई दिनुभएको छ ।

प्रदेश सभापति पुनले आज उपसभापति गुरुङ र महामन्त्री थापाको निवासमै पुगेर भेट गरी बधाई दिनु भएको हो । भेटका क्रममा सभापति पुनले कांग्रेसको गरिमामय इतिहासलाई जोगाउने गरी काम कारबाही संचालन गर्न सुझाव दिनुभएको थियो ।

पुनले पार्टीमा हार्दिकता सहितको एकता र सद्भाव कायम राख्दै संगठन निर्माणमा जुट्नु पर्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस