• एउटै दृष्टि, भिन्न कोण
  • Search

निर्वाचन दुई वर्षपछि धकेलेपनि एमाले फेरि पहिलो पार्टी बन्छ: ईश्वरी जीएम

रोल्पा २०७८ माघ १० गते सोमवार

नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा युवा नेत्री ईश्वरी जीएमले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको ‘गठबन्धन सरकार’ले तीनै तहको निर्वाचन दुई वर्षपछि धकेलेपनि एमाले फेरि पहिलो पार्टी बन्ने बताएकी छन्।

सरकारले आफू अनुकूल व्याख्या गरेर स्थानीय निर्वाचन सार्न खोजेको उनले टिप्पणी गरेकी छन्। ‘परमादेशी सरकारले संविधानलाई आफू अनुकुल ब्याख्या गरेर स्थानीय निर्वाचन मात्रै होइन,’ नेत्री जीएमले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘तीनै तहको निर्वाचन २ वर्षपछि धकेलेपनि एमाले पुनः पहिलो पार्टी बन्ने नै हो।’

स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल संविधानतः आगामी जेठ ५ गते सकिँदैछ। तर सरकारले निर्वाचन सार्न खोजेको चारैतिर चर्चा छ।

प्रतिक्रिया दिनुहोस