• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेव ३ मा यसरी सम्झिए जनयूद्द दिवस

गंगादेव गाउपालिका रोल्पा २०७८ फाल्गुन १ गते आइतवार

नेकपा माओवादी केन्द्र गंगादेव गाउपालीका वडा नं ३ कमिटीले जनयुद्ध दिवस मनाएको छ। वडा कमिटीले वडाको सेन्टर ख्लेपातलमा चियापान, अविरावरण, शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि मनाएको हो ।

वडा कमिटी अध्यक्ष रामबहादुर खत्रीको अध्यक्षतामा संचालित कार्यक्रममा वडा भित्र रहेका संगठित सदस्य,वडा कमिटी सदस्य, गाउपालीकामा संगठित सदस्य, प्रदेश र केन्द्रमा संगठित सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम संचालन वडा सचिव बिष्णु खड्काले गरेका थिए ।

कार्यक्रममा बोल्ने बक्ताहरुले २०५२ फागुन १ गतेलाई स्मरण गर्दै २०४७ सालको संविधानमा रहेका बिमतिहरुमा फरक बिचार राख्दा गरिएको निशेधले जनयूद्द घोषणा गर्नुपरेको र फलस्वरुप जनयूद्दबाट प्राप्त उपलब्धिहरु गणतन्त्र, संघियता, समाबेशि, समानुपातिक लाई संस्थागत गर्न पुन: संघर्ष गर्नुपर्ने समय आएको बताएका थिए ।
कार्यक्रममा उपस्थितहरुले पार्टी अध्यक्ष प्रचण्डको अभिब्यक्तिलाइ समर्थन गर्दै एमसिसिको बिरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस