• एउटै दृष्टि, भिन्न कोण
  • Search

कांग्रेस बिना देशको निकास सम्भव छैन : सभापति पुन

अर्घाखाँची २०७८ चैत्र २७ गते आइतवार

नेपाली कांगेस लुम्बिनी प्रदेश सभापति अंमर सिंह पुनले कांग्रेस बिना देशको निकास सम्भव नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति पुनले यस्तो बताएका हुन । उनले देश समृद्ध बनाउन कांग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन । संविधानको रक्षा कांग्रेस बाहेक अरु दलले गर्न नसक्ने भन्दै अबको चुनावमा कांग्रेस पार्टी बहुमतका साथ पहिलो पार्टी बन्ने दाबी समेत गरे ।

गठबन्धनबारे धारणा राख्दै उनले स्थानीय तहको आसन्न निर्वाचनमा कार्यकर्ताको भावना र स्थानीय तहको आवश्यकता अनुसार गठबन्धन हुने बताएका छन । गठबन्धन भएका स्थानीय तहहरुमा अब छिट्टै उम्मेद्वार समेत टुङ्गो लाग्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस