• एउटै दृष्टि, भिन्न कोण
  • Search

चुनावको मुखमा गंगादेबमा पार्टी परिवर्तनको लहर

रोल्पा २०७८ चैत्र २८ गते सोमवार

नेपाल कम्युनिष्ठ पार्टी (एमाले )गंगादेव गाउँपालिका वडा न.६ वडा कमिटी रोल्पा ले चुनावी सभा कार्यक्रम सम्पन्न गरेको छ। चुनावी कार्यक्रममा माओवादी केन्द्र र नेपाली काँग्रेस परित्याग गरि नेकपा एमालेमा २०(बीस ) जना प्रबेश गरेका छन।

माओवादी केन्द्र परित्याग गर्नेहरुमा, गाउपालिका सदस्य कमरेड खिम बहादुर खड्का, पार्टी सदस्य कल्पना खडका, भिम बहादुर खडका, मोहनलाल ओली, प्रविन वली ,धन बहादुर राना, जनक वली, उपेन्द्र खडका मानसिङ वली, सर्जन वली, वीर बहादुर वली, कमल वली, मोहन वली रहेका छन ।
त्यसैगरी नेपाली काँग्रेस परित्याग गर्नेहरुमा भिम कुमार वली, नवीन भणडारी, रोशन भण्डारी प्रदीप भण्डारी , कौशिला वली , भिम बहादुर खत्री, दिपक राना लगायतलाई नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती , केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला सह- इन्चार्ज यमुना रोका ,प्रदेश कमिटी सदस्य प्रेम घर्ती , प्रदेश कमिटी सदस्य तथा जिल्लाका उपाध्यक्ष बिजय घर्तीको उपस्थितिमा अबिर र मालाले स्वागत गरेका थिए।

चुनावी सरगर्मी चलिरहेको समयमा गंगादेव गाउपालिकामा पार्टी परिबर्तनको लहर चलिरहेको छ । फरक फरक कार्यक्रममा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा र नेपाली काग्रेसमा दर्जनौ यूवा यूवा कार्यक्रता प्रवेश गराएकाह रुले अहिले आफ्नै कार्यक्रता संरक्षण गर्न सकेका छैनन ।

नेकपा एमाले पार्टी ले गंगादेब गाउपालिकामा विभिन्न कार्यक्रम गरेर सयौ कार्यक्रता भित्र्याएको छ । जानकारहरुका अनुसार नेकपा एस ले पुर्याएको क्षेति लाई पूरा गरेको छ । यस गाउपालिकामा गत स्थानिय निर्वाचनमा नेकपा एमालेले १सय २४ मतको अन्तरले प्राजय बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस