नेकपा माओवादी केन्द्र रोल्पा नगरपालिकाले आत्मालोचना सहितको प्रेस बिज्ञप्ति जारी गरेको छ । नगर समितिले वडाको उमेदवार छनौटमा तत्काल निर्णय नलिई बिलम्व भएको बिषय स्विकार गर्दै आत्मआलोचना गरेको हो ।
केहिदिन अघि मात्र नेकपा माओवादी केन्द्र रोल्पा नगरपालिका वडा नं २ का अध्यक्ष जगबहादुर वलीले उमेदवार छनौटको बिषयमा असन्तुष्टि जनाउदै राजिनामा पेश गरेका थिए । दुबै पक्षको समझदारी पश्चात् ओली पुन: पार्टीको काममा फर्किएका छन । समझदारीको मर्म अनुरुप नै नगर समितिले आत्मआलोचना सहितको बिज्ञप्ति जारी गरेको हो ।