• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाल राष्ट्रले एक बौद्धिक नेता गुमायो : सभापति पुन

काठमाडौ २०७९ भाद्र ५ गते आइतवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।

प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गिरिको ७५ वर्षको उमेरमा गए राती उपचारकै क्रममा मेडासिटी हस्पिटलमा मृत्यु भएको थियो । नेपाल राष्ट्रले एक बौद्धिक नेता, समाजवादका चिन्तक, समालोचक एवम् कांग्रेसले कुसल संगठक र अभिभावक गुमाएको सभापति पुनले बताउनु भएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलन तथा पार्टी संगठनमा गिरिले पुर्याउनुभएको योगदानको स्मरण गर्दै नेपाली राजनीति र पार्टीमा गिरिको अभाव सधै रहि रहने पुनले बताउनु भएको छ ।

सभापति पुनले गिरिको निधनको खबरले आफूलाई अत्यन्तै दुःख लागेको उल्लेख गर्दै गिरिप्रती श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस