नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) गंगादेव गाउपालिकाको बिस्तारित बैठक सम्पन्न भएको छ । बिस्तारित बैठक असोज ५ गते गाउपालिकाको केन्द्र सानडाडामा महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न भएको हो ।

सातै वडा बाट प्राप्त रिपोर्टीङ, स्थानिय निर्वाचनमा पराजय बेहोर्नुको सार समिक्षा पश्चात भर्खरै सम्मपन्न जिल्ला समन्वय समितिले गरेका निर्णय बाचन, गाउ कमिटी रिक्त स्थानमा सदस्य मनोनयन, वडा कमिटी बैठक संचालन, जनबर्गिय संगठनका फ्याक्सन इन्चार्ज जिम्मेवारी तोक्ने, स्थानिय सरकारका गतिविधि निगरानीकोलागि छाया सरकार लाई पूर्णता लगायतका महत्वपूर्ण निर्णय गरेको गाउकमिटी अध्यक्ष नरसिङ राना क. प्रभाव ले जानकारी दिए ।
बैठकले आगामी प्रदेश र प्रतिनिधि सभा चुनाबमा लिने रणनितिको बारेमा पनि धारना तय गरेको र वडा टोल सम्मका बैठकहरु संचालन गर्न मिति र पदाधिकारीलाई जिम्मेवारी समेत तोकेको गाउकमिटी सचिव जलेश कुमार केसी ले जानकारी दिए ।