• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा माओवादी केन्द्र जिल्ला संयोजक र इन्चार्जको राजिनामा मागको चर्चा

रोल्पा २०७९ मङ्सिर १२ गते सोमवार

रोल्पामा नेकपा माओवादी केन्द्र का जिल्ला संयोजक र इन्चार्जको राजिनामाको माग भएको छ । रोल्पा जिल्लाको सदरमुकाम लिवाङमा स्वतन्त्र उमेदवारको बिजय र्याली पश्चातको कोणसभामा नेता बिरबहादुर खत्रीले राजिनामाको बिषय उठाएका हुन ।

चुनावकै समयमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमीटी उपाध्यक्ष पदबाट जिम्मेवारी मुक्त गरिएका बिरबहादुर खत्रीले रोल्पामा गठबन्धनले पराजय बेहोर्नुपरेको सन्दर्भमा नैतिकताको आधारमा जिल्ला संयोजक र इन्चार्जले राजिनामा दिनुपर्ने बताए । रोल्पा निर्वाचन क्षेत्र १ (२) बाट स्वतन्त्र उमेदवार दिपेन्द्र कुमार पुन सिजल बिजय भएका छन ।

राजिनामा माग गरिएको बिषयमा फेसबुकमा प्रतिक्रिया दिदै माओवादी केन्द्र रोल्पाका जिल्ला संयोजक गुणेन्द्र घर्तीले “पार्टीको नीति, निर्णय र अनुशासन बिपरित माओवादी पार्टी र आन्दोलनबाट भाग्नखोज्ने केही नैतिक हैसियत र मुल्यमान्यता गुमाएकाहरुले राजिनामा मागेको देख्दा ताजुव लागेर आउछ” भनेका छन ।

चुवावको समयमा नेकपा माओवादी केन्द्र रोल्पाले गठबन्धनलाई असहयोग गरेको भन्दै नेता कार्यक्रताहरूमा कारवाहीको डन्डा चलाएको थियो । लुम्बिनी प्रदेशमा पार्टीले हार ब्यहोरेको भन्दै पार्टी अध्यक्ष सुदर्शन बराल ले नैतिकताको आधारमा राजिनामा दिएका छन ।

प्रतिक्रिया दिनुहोस