लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत नपाउने भने निश्चित छ । उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।
एमालेबाट मुख्यमन्त्री बनेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्र लगायतका दलले फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिन लागेका हुन् ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था छ। सोही बाध्यात्मक व्यवस्था अनुसार मुख्यमन्त्री गिरिले विश्वासको मत लिन लागेका हुन् ।
८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । यो अंकगणित अनुसार एमालेका मुख्यमन्त्रीले गिरीले ३३ मतमात्रै पाउने देखिन्छ । सरकार टिकाउन आवश्यक ४४ मत पुर्याउन नसके गिरी नेतृत्वको सरकार ढल्ने छ ।
एक जना स्वतन्त्रसहित सत्तारुढ दलका ५३ जना सांसदले गिरीको विपक्षमा मतदान गर्ने तयारी गरेका छन् ।
चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अन्य ८ दलका ५३ सांसदले लुम्बिनीमा नेपाली कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

