राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाको बैठक शनिबार सदरमुकाम लिबाङमा सम्पन्न भएको छ ।
बैठकले जिल्लाका विभिन्न गाउँपालिकाहरुमा संयोजक चयन गरेको छ । बैठकले सुनिल स्मृति गाउँपालिकामा विक्रम घर्तीमगर, रुन्टीगढी गाउँपालिकामा टेकनाथ गिरी, लुंग्री गाउँपालिकामा भक्त घर्तीमगर र थबाङ गाउँपालिकामा अमृत डाँगीलाई पालिका संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रिय समितिको निर्धारित कार्यतालिका अनुसार पालिका तथा वडाहरुमा पालिका तथा वडा स्तरिय भेला आयोजना गर्न संयोजकको जिम्मेवारी प्रदान गरिएको हो । जिल्लाका अन्य पालिकाहरुमा पनि चाँडै संयोजक चयन गर्ने कार्य तालिका रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाले जनाएको छ । जिल्ला संयोजक जमुना विकको अध्यक्षतामा सम्पन्न बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरुको सहभागिता रहेको थियो ।
यसै बीच राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाका निर्वाचन क्षेत्र समितिका सदस्यहरुले एक कार्यक्रमका बीच शपथ लिएका छन । निर्वाचन क्षेत्र समितिको सदस्यको रुपमा रमेश थापा, बालाराम डाँगी र भुपेन्द्र सिंह वलीले शपथ लिनु भएको छ । जिल्ला संयोजक जमुना विकले निर्वाचन क्षेत्र समितिका सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।
निर्वाचन क्षेत्र समितिको लिबाङमा सम्पन्न पहिलो बैठकले निर्वाचन क्षेत्र समितिमा रिक्त दुई सदस्य आगामी बैठकबाट पदपूर्ति गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुन चाहानेहरुलाई सदस्यता लिन आग्रह समेत गरेको छ ।