नेकपा माओवादी केन्द्र गंगादेब गाउ समितिको विस्तारित बैठक पार्टी कार्यालय सानडाँडामा सम्पन्न भएको छ। जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत पूर्ण बैठक आज सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान सफल बनाउन नेता तथा कार्यकर्तालाई अपील गरे। उनले जनताको एउटा घरमा पनि नछाडि नागरिकका गुनासा, आलोचना सुन्ने, सहिद तथा बेपत्ता परिवार भेट्न निर्देशन दिएका थिए।
सरकारले गरेका राम्रा कामहरुको बारेमा जनतालाई अवगत गराउन अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन। उनले अभियानका लागि टिप्पणी सुझाव र संगठनकालागि नेता कार्यकर्ता र जनतासँग भेट गर्दै विचार र नेतृत्वको आधारमा संगठित तागत निर्माण र समृद्ध समाज निर्माणगर्न सबै आआफ्नो ठाउँबाट लाग्नुपर्ने उल्लेख गरे।
बैठकमा नेकपा माओवादी केन्द्रले पठाएको पार्टीको परिपत्र वाचन गर्नुका साथै आफ्नो धारणा राखेका थिए। साथै ७ वटै वडाका वडा कमिटिका अध्यक्ष एवं पार्टीका प्रतिनिधिहरुले पार्टीको सांगठनिक अवस्था, जनप्रतिनिधिले गरेका काम, सुझाव, सल्लाह र ३ महिने अभियान लगायतका विषयमा रिपोर्टिङ गरेका थिए। अभियानको क्रममा यही भाद्र १६ देखि मंसिर १५ सम्म घर घरमा माओवादी, जनजनमा माओवादी भन्ने नाराका साथ माओवादी केन्द्रले घरदैलो, जनभेटघाट, अन्तरक्रिया, संगठन विस्तार, जनसेवा मुलक कार्यहरु वडा तहमा अभियानकै रुपमा संचालन गरिने जनाएको छ।
बैठकबाट भाद्र १६ गते एकैपटक संचालनहुने बैठककोलागि वडा-वडामा जिम्मेवारी पनि तोकिएको छ । वडा नं १ मा प्रदेश सदस्य धनिकला बुढा र पालिका प्रतिनिधी नवराज घर्ती, वडा नं २ मा प्रदेश सदस्य रिता घर्ती र पालिका प्रतिनिधि शेर ब. बि क., वडा नं ३ मा प्रदेश सल्लाहकार प्रेम बहादुर वली “पवन” र पालिका प्रतिनिधि राम बहादुर खत्री, वडा नं ४ मा गाउँ कमिटी सचिव जलेश कुमार केसी र पालिका उपाध्यक्ष अमृत थापा” कल्याण”, वडा नं ५ प्रदेश सदस्य नन्दबहादुर पुन र पालिका प्रतिनिधि लक्ष्मी बुढा, वडा नं ६ प्रदेश सल्लाहकार बेद प्रसाद मल्ल र पालिका उपाध्यक्ष बिजय घर्ती, वडा नं ७ भक्त बहादुर वली “सुशील”र पालिका प्रतिनिधि टंक बहादुर वली लाई जिम्मेवारी तोकिएको छ ।

बैठकमा जिम्मेवारी लिने आएका नेताहरुलाइ स्वागत र बाहिरी स्थानमा जिम्मेवारी लिएका नेताहरुहरुलाइ बिदाई गरेको छ । गंगादेब गाउपालिकामा जिम्मेवारी लिने नेताहरु प्रदेस सदस्य नन्दबहादुर पुन, धनिकला घर्ती, बेद प्रसाद मल्ल लाई स्वागत तथा अन्य पालिकामा जिम्मेवारी लिनेहरु प्रदेश सदस्य नरसिङ राना” लालीगुरास” रामबहादुर वली, वाइसियल जिल्ला संयोजक राजेन्द्र वली, वाइसियल गंगादेब इन्चार्ज भरत केसी लाई बिदाइ गरेको छ।