• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडी गाउँपालिकाको ६ वटै वडामा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान उदघाटन

रोल्पा २०८० भाद्र १६ गते शनिवार

जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत रोल्पाको माडी गाउँपालिकाका ६ वटै वडामा शनिबार अभियानको उदघाटन गरिएको छ । नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिकाको बैठकले सबै वडामा नेतृत्वको कार्यविभाजन गरेको थियो । जनताको घरघरमा पुगेर अभियानको बारेमा जानकारी गराउने, माओवादी नेतृत्वको सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार विरुद्धको आक्रामक कदमबारे स्पष्ट पार्ने र जनताका माग तथा गुनासो सुन्ने उद्देश्यसहित यो अभियानको थालनी गरिएको हो ।
वडास्तरमा पार्टी संगठनलाई समेत सुदृढिकरण गर्ने गरी अभियानको उदघाटन गरिएको हो । नेकपा (माओवादी केन्द्र) माडी गाउँपालिकाले दिएको जानकारी अनुसार वडा नं. १ मा बलसिंह घर्तीमगर ‘भूभाग’को अध्यक्षता तथा भरतबहादुर बुढामगर ‘बृतान्त’ र जयपुरी घर्तीमगर ‘जूनमाया’को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै वडा नं. २ मा लिलाबहादुर घर्तीमगरको अध्यक्षता तथा नरसिंह राना ‘प्रभाव’ र ललित घर्तीमगर ‘सुदीप’को उपस्थितिमा कार्यक्रम गरिएको छ भने वडा नं. ३ मा दलबहादुर बुढाको अध्यक्षता तथा बीरबहादुर घर्तीमगर ‘हावा’ र गौमाया पुनको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै वडा नं. ४ मा रने वली ‘रघु’को अध्यक्षता तथा अमरसिंह घर्तीमगर ‘मित्रमणी’ र सविना घर्तीमगरको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ५ मा नन्दबहादुर बाँठा ‘आक्रोश’को अध्यक्षता तथा दलबहादुर घर्तीमगर ‘कासन’ र आमबहादुर घर्तीमगर ‘प्रभात’को उपस्थिति रहेको थियो भने वडा नं. ६ मा शेरबहादुर पुन ‘सिंगल’को अध्यक्षता तथा अभियान टोलीकाका रुपमा झक्कुप्रसाद परियार र लोकबहादुर बुढामगर ‘चाव’को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । अभियान टोली तथा पार्टी कमिटीको संयुक्त आयोजनामा तीन महिनाभर पार्टी निर्माणका लागि विभिन्न कार्यक्रम तथा भेटघाट गर्ने गाउँ पार्टी कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस