• एउटै दृष्टि, भिन्न कोण
  • Search

मुगुमा माओवादीमा प्रवेश गर्नेको लहर, खत्याडमा त्यागे डेढ दर्जनले एमाले-काग्रेस

मुगु २०८० असोज १५ गते सोमवार

नेकपा माओवादी केन्द्र खत्याड गाउपालिका समितिको बैठक सम्पन्न भएको छ । “जनता सँग माओवादी विशेष  रुपान्तरण अभियान” अन्तरगत  खात्याड गाउँपालिका स्तरिय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

बैठकमा गाउपालिका भित्र रहेका सबै वडाबाट प्रतिवेदन पेश गर्नुको साथै प्रमुख अथिति जिल्ला इन्चार्ज गोमा गौतम कुवर र पार्टी इन्चार्ज अजवहादुर शाही “अमरध्वज” ले प्रशिक्षित गरेका थिए। बैठकबाट अभियानलाई तिव्रता दिन कार्ययोजना समेत तयार गरिएको छ। घर घर, बस्ति बस्ति, टोल टोल सम्म गुनासाहरु सुन्न जाने नेकपा माओवादी केन्द्र खत्याड गाउँ समितीको योजना रहेको छ ।

प्रशिक्षण बैठकमा नेपाली काग्रेस र नेकपा एमाले परित्याग गरि दर्जन बढी प्रतिष्ठित ब्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । नव प्रवेशिहरुलाई  जिल्ला इन्चार्ज गोमा गौतम कुवर, पालिका इन्चार्ज  अजवहादुर शाहिले माला र अविरावरण गरि स्वागत गरेका थिए ।


नेपाल कम्युनिस्ट पाटी माओवादी (केन्द्र) मा प्रवेश गर्नेहरुमा धिरज नेपाली  (वडा८), मंगल बहादुर शाही ( नेपाली काङ्ग्रेस )(वडा १०),डिल प्रसाद उपाध्याय ( नेपाली काङ्ग्रेस )(वडा ७), गोर्ख बहादुर वड ( नेपाली काङ्ग्रेस)(वडा ११),  सिङ भियाल ( नेकपा एमाले )(वडा२),  सानुना भियाल ( नेकपा एमाले)(वडा२), पृथ्वी मल भियाल ( नेकपा एमाले)(वडा२), बिर्ख भियाल ( नेकपा एमाले)(वडा२), मङली भियाल ( नेकपा एमाले)(वडा२), हेमराज भियाल ( नेकपा एमाले)(वडा२), मन्दबिर भियाल ( नेकपा एमाले)(वडा२), देब भियाल ( नेकपा एमाले)(वडा२),  बिरमान भियाल ( नेकपा एमाले)(वडा२), डोइला भियाल ( नेकपा एमाले)(वडा ७),   बिमला शाही ( नेकपा माले )(वडा ११) रहेका छन।

नव प्रवेशिहरुले देश माओवादी केन्द्ररको एजेन्डामा निरन्तर अगाडि बढेको र खत्याड गाउपालिकामा बिगतका बर्षको भन्दा नव निर्वाचित माओवादी नेतृत्वको स्थानिय सरकारले राम्रो काम गरेकोले, माओवादी एजेन्डालाइ स्थापित गराउन पार्टी प्रवेश गरेको बताए

प्रतिक्रिया दिनुहोस