नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) गंगादेब गाउकमिटी र नेपाल कम्युनिष्ट पार्टी गंगादेब गाउकमिटीले संयुक्तरुमा २९ औ जनयुद्ध दिवस दिवस मनाएका छन। दुबै पार्टीको संयुक्त आयोजनामा गंगादेव गाउपालिका वडा नं ४ मालेखोलामा शुभकामना आदान प्रदानगरि जनयुद्धको २९ औ बार्षिक उत्सव मनाएका हुन ।
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य क्षेत्रबहादुर चन्दको अध्यक्षतामा संचालित कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य सुन्दर ओलीको प्रमुख अथित्यता थियो । भने अथितिहरु नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य रामबहादुर ओली, नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य लालबहादुर ओली “विश्व” माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य नरसिह राना, नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य टिकाराम परियार, वाइसियल नेपाल लुम्बिनी प्रदेश समिति सदस्य तथा रोल्पा जिल्ला संयोजक राजेन्द्र ओली, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेस सदस्य तथा नेकपा माओवादी केन्द्र गंगादेब गाँउपालिका राेल्पा सदस्य टेकम ओलीको अथित्यता रहेको थियो ।
नेकपा माओवादी केन्द्र गंगादेव गाउँपालिका कार्यालय सचिव भरत केसीको संचालन गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अथितिहरुले शुभकामना आदान प्रदान सहित मन्तब्य राखेका थिए। कार्यक्रममा वडा नं ४ का माओवादी नेता कार्यक्रतारुको सहभागिता रहेको थियो ।
त्यस्तै माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, त्रिबेणी गाउँपालिका, रोल्पा नगरपालिका र सुनछहरि गाउँपालिका लगायतका स्थानमा छुट्टाछुट्टै सयुक्त कार्यक्रमहरु सम्न्न भएका छन् ।
रोल्पा नगरपालिकामा भने जनयुद्धको स्मृति भ्युटावरमा सयुंक्त कार्यक्रम गरि जनयुद्ध दिवस मनाईएको छ । आजै बेलुका जिल्लाको विभिन्न स्थानमा जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन समेत गरिएको छ ।
माओबादी पार्टीले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाउदै आएका छन् ।