समाजवादी मोर्चा नेपाल गंगादेव गाउपालिकाले गाउपालिका सरकारलाइ ज्ञापन पत्र बुझाएको छ। पालिकामा दुई स्थानबाट सेवा प्रवाहको नाममा जनतालाई दुःख दिएको भन्दै प्रमुख प्रशासकीय अधिकृत मार्फत गाउपालिका अध्यक्ष समक्ष ज्ञापन पत्र बुझएको हो ।
समाजवादी मोर्चा नेपाल गंगादेव गाउपालिका नेपाल कम्युनिष्ट पार्टी बाट क्षेत्रबहादुर चन्द, नेकपा माओवादी केन्द्रबाट रामबहादुर ओली, नेकपा एकीकृत समाजवादी बाट कृष्ण कुमार डागी द्वारा ज्ञापन पत्रमा हस्ताक्षर गरिएको छ । गंगादेव गाउपालिका सरकारले गाउपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने हवला दिदै गाउपालिका अध्यक्षको निर्देशनमा गैर केन्द्रबाट ४ वटा शाखा, ( कृषि, पशु, शिक्षा, स्वास्थ्य) गाउपालिका अध्यक्षको कार्यकक्ष, प्रमुख प्रशासकिय अधिकृत ले सुकाओडार बाट कार्य संचालन गर्दै आएका छन ।
समाजवादी मोर्चा नेपाल गंगादेव गाउपालिका रोल्पाले स्थानिय सरकार संचालन ऐन २०७४ ले ब्यवस्था गरेको नीति भित्र राजपत्रमा प्रकाशित केन्द्रबाटै सेवा प्रवाह गर्न सचेत गराउन ज्ञापन पत्र बुझाउनुको साथै पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक समेत गरेका छन । ज्ञापन पत्रमा कुनैपनि वहानामा दुई स्थानबाट सेवा प्रवाहको नाममा जनतालाई दुःख नदिन र सानडाडाबाटै सेवा प्रवाह गर्न अपिल गरिएको छ। नियम कानुन मिचेर गैर कानुनी हर्कत बिरुद्ध जनताको आन्दोलनमा समर्थन गर्दै आन्दोलनमा उत्रिने उल्लेख गरेका छन।
