रोल्पामा २८ जनाभन्दा बढी एमालेका कार्यकर्ता पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गंगादेव गाउँपालिकामा मंसिर १८ गते आयोजित नेकपा माओवादी केन्द्रको पालिका अधिवेशन र खबरदारीसभामा उनीहरु पार्टी प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले टीका र माला लगाएर स्वागत गरे ।

कार्यक्रममा पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले १८ महिनामा सुशासन, भष्टाचार अन्त्य तथा राज्य दोहनमा संलग्न शक्तिशाली भनिएका व्यक्ति तथा सामन्ती प्रथाका रुपमा व्याप्त मिटर ब्याजमा संलग्नमाथि अनुसन्धान र कारबाही गरेका कारण जनताले फेरि एकपटक माओवादी केन्द्रलाई विकल्पको रुपमा रोज्ने अवस्था आएको बताए
वर्तमान सरकार गठन भएपछि हरेक साताजसो भ्रष्टाचार, बेथिती र अनियमितताका घटना सार्वजनिक हुन थालेको टिप्पणी पुनको थियो ।
गंगादेवमा २८ जनाले नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्र पार्टी प्रवेश गरेको गाँउपालिका पार्टी सचिव भरत केसी ले जानकारी दिए । माओवादी प्रवेश गर्नेहरु गंगादेव ५ निवासी ललित के सी, नरेश के सी, लक्ष्मी वली के सी, तुलसा खत्री, रतिभान खत्री, काँसीराम के सी, भुमबहादुर खत्री, ससिला खत्री, टिका के सी. तिलबहादुर खत्री, ललिता के सी, कुलबिर खत्री, नन्दकला खत्री, हंसराज खत्री, खिमा खत्री, ससिला खत्री, ससिराम खत्री, गणेश के सी, महेन्द्र के सी, विमला के सी, पवित्रा खत्री, झुप्री खत्री, विमला खत्री, विरमाली खत्री
, मोहन खत्री, प्रकाश खत्री, पवित्रा खत्री, तुली खत्री रहेका छन ।
