नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गंगादेव गाउँ समितिको वडा स्तरिय प्रशिक्षण तथा जन भेटघाट कार्यक्रम वडा नं ६ को उपल्लो ताप्लामा संचालन भएको छ । गाउपालिका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, प्रदेश समिति उपाध्यक्ष, पालिका इन्चार्ज, वडा स्तरिय कार्यक्रताहरुको सहभागीता रहेको थियो ।
वडा स्तरिय प्रशिक्षण तथा जन भेटघाट तथा कार्यक्रममा नेकपा एमाले, नेपाली काग्रेस, नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि ९ जना कार्यक्रता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेबाट भिमबहादुर खड्का, रामबहादुर राना, मोहलाल वली, खिमा वली, केशबहादुर वली, नेपाली काग्रेस बाट किरण राना, महेश वली, नेपाल कम्युनिस्ट पार्टी परित्याग गर्नेमा मानसिङ वली, रुद्रमनि वली रहेका छन।
नव प्रवेशिहरुलाई टीका, माला लगाएर लुम्बिनी प्रदेश उपाध्यक्ष बिरबहादुर खत्री र पार्टी इन्चार्ज रामबहादुर वलीले स्वागत गरेकाछन भने गाउपालिका अध्यक्ष भक्तबहादुर वली “शार्दुल” ले सदस्यता प्रदान गरेका छन ।
नव प्रवेशिहरुलाई परित्याग गरेको पार्टीमा कार्यरत रहेको कमिटीमा/पद कायम रहने पार्टीको केन्द्रीय निर्णय रहेको र सोहि अनुसार जिम्मेवारी दिने पार्टी सचिव भरत केसीले जानकारी दिए ।
भेलाले नवीन वलीको अध्यक्षतामा १५ सदस्यीय वाइसीएल वडा समिति र मानसिङ वलीको अध्यक्षतामा ७ सदसिय अखिल नेपाल किसान संगठन तदर्थ समिति गठन गरेको छ ।