• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेबमा माओवादी केन्द्र प्रतिको आकर्षण, ४३ जनाले गरे प्रवेश

रोल्पा २०८१ माघ ३ गते शुक्रवार

नेकपा माओवादी केन्द्र गंगादेव गाउँपालिका समिति रोल्पाले पहिलो बैठकको निर्णय अनुसार १५ दिने वडा स्तरिय प्रशिक्षण र जनभेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। जनभेटघाट कार्यक्रमले संगठन र जनतासँगको सम्वन्धमा महत्वपूर्ण सुधार र प्रगति हासिल गरेको गाउपालिका समितिले जनाएको छ।

पौष ७ गतेबाट सुरु भएको कार्यक्रम समयमा विभिन्न राजनीतिक पार्टी परित्याग गर्दै १५ जना नेता र कार्यकर्ताहरूले माओवादी केन्द्र रोजेका छन्। यसले पार्टीको सशक्तिकरण र क्षेत्रीय राजनीतिक परिपेक्ष्यमा थप बल पुर्याउने आशा व्यक्त गरिएको गरेको गाउपालिका समिति अध्यक्ष भक्तबहादुर ओलीले बताए ।

नेकपा माओवादी केन्द्रमा सामेल हुने नेताहरूको सूचीमा नेकपा एमालेका भिमबहादुर खड्का, रामबहादुर राना, मोहलाल वली, खिमा वली, केशबहादुर वली, प्रेम महर, नन्दबहादुर ओली, कर्ण बहादुर सुनार, नेपाली काँग्रेसका किरण राना, महेश वली, भिमलाल घर्ती, आसिराम खत्री, हस्त बहादुर सुनार र नेपाल कम्युनिस्ट पार्टी बिप्लव नेतृत्वका मानसिङ वली र रुद्रमनि वली छन्।

नेकपा माओवादी केन्द्र गंगादेब गाँउपालिका राेल्पाले संचालन गरेको जनभेटघाट तथा पार्टी प्रशिक्षण कार्यक्रमले संगठन सुधार उन्मुख रहेको निष्कर्ष निकालेको र मंसिर १८ गते देखी माघ २ सम्म विभिन्न पार्टी परित्याग नेकपा एमाले बाट- ३६ जना, नेपाली काग्रेस बाट- ५ जना, नेपाल कम्यूष्ट पार्टी बाट- २ जना गरि ४३ जना नेकपा माओवादी केन्द्रमा ध्रुवीकरण भएको गाउपालिका समिति उपाध्यक्ष तथा अन्तरपार्टी परामर्श विभाग संयोजक टेकम ओलीले बताए ।

गाँउसमितिले बिज्ञप्ती जारी गरी माओवादी केन्द्र रोज्नुहुने सबै कमरेडहरूलाई हार्दिक स्वागत गर्दै, पार्टीलाई अझै बलियो र दृढ बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस