नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा माडी गाउँपालिका वडा नम्बर १ को भेला तथा सम्मलेन पेदीखोलामा सम्पन्न भएको छ ।

मार्चाका माडी १ का अध्यक्ष सुरबिर परियारको अध्यक्षता एवम् मोर्चाका लुम्बिनी प्रदेश सदस्य ओसे कामी राजेशको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका माडी १ का इन्चार्ज आम बहादुर घर्तिमगर, पार्टीका माडी १ का अध्यक्ष बलसिङ घर्तिमगर, माडी १ का वडा अध्यक्ष रोहित सिंह घर्तिमगर, स्थानीय मोर्चाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । सम्मेलनले पञ्चराम बिकको अध्यक्षतमा १ सदस्य पछि थप्ने गरी १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सुवास बिक, हिरा सुनार सचिव, प्रिया बिक काषाध्यक्ष, सदस्यहरुमा कमल प्रकाश बिक,उमा परियार, जुनमाया बिक, कौशिला बिक, तिलु बिक, जिनिशा बिक, मिन बिक, जैसरा बिक, हस्त बहादुर बिक, भिम बहादुर बिक र जित बहादुर बिक चयन भएका छन । उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले दलित माथि भएको बिभेदको अन्त्य गर्ने माओवादी केन्द्र नै एक अव्वल पार्टी भएको अल्लेख गर्दै संविधानमा नै जातीय बिभेद गर्नेलाइ कारवाही लेखिएकाले त्यस्तो कार्य कहि कतै देखिएमा चुप नबस्न आग्रह गरेको थिए ।

नेपाल दलित मुक्ति मोर्चा माडी गाउँपालिका वडा नम्बर १ का इन्चार्ज लाल बहादुर परियारको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव पञ्चराम बिकले गर्नुभएको थियो ।

