• एउटै दृष्टि, भिन्न कोण
  • Search

माओवादी केन्द्र गंगादेब ३ को तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा खत्री निर्वाचित

रोल्पा २०८२ भाद्र ३ गते मङ्गलवार

नेकपा माओवादी केन्द्र गंगादेब गाउपालिका वडा नं ३ समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ । आज वडा नं ३ को चाख्लेपातलमा अधिवेशन सम्पन्न भएको हो ।

लुम्बिनी प्रदेश उपाध्यक्ष बिरबहादुर खत्रीको प्रमुख अतिथ्यता, लुम्बिनी प्रदेश सदस्य तथा गाउँपालिका इन्चार्ज रामबहादुर वली, गाउँपालिका उपाध्यक्ष टेकम ओली, राजेन्द्र प्रकाश ओली, सचिव भरत केसी, वडा इन्चार्ज लोकमान वली, गाउँपालिका सदस्य बिष्णु खड्का, रामबहादुर पुनको उपस्थिति रहेको थियो ।

तेस्रो अधिवेशनमा निर्वाचित वडा अध्यक्ष तथा नेकपा माओवादी केन्द्र गंगादेव गाँउपालिका सदस्य तथा वडा नं ३ का इन्चार्ज लोकमान वली द्वारा प्रस्तावित रामबहादुर खत्रीको अध्यक्षतामा २१ सदसिय वडा समिति सर्वसम्मत अनुमोदन भएको हो ।

समितिको उपाध्यक्षमा विनोदराज डाँगी, धन बहादुर वली, सचिव डिल्लीबहादुर खत्री, कोषाध्यक्ष साधना वली, सहसचिव हेमराज डाँगी, सचिवालय सदस्यमा जयराम डाँगी, हुकुम खड्का, ओम प्रकाश वली, सदस्यहरु सिता खत्री डाँगी, बिष्णु वुढा पुन, लोकेन्द्र बहादुर केसी, निर्मलकुमार खत्री ,खिमलाल खत्री, मिना केसी, टेकम चन्द, दिला वली केसी, गंगाराम डाँगी, संगिता डाँगी वली, रमेश केसी, गणेश वली निर्बाचित भएका छन भने २० प्रतिशत मनोनयन नबनिर्वाचित समितिले गर्ने छ ।

नव निर्वाचित समितिलाई उपस्थित अतिथिहरुले अबिर लगाएर बधाई तथा शुभकामना दिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस