• एउटै दृष्टि, भिन्न कोण
  • Search

माओवादी केन्द्र सुनिलस्मृति २ नं वडाको तेस्रो अधिवेशन सम्पन्न रानाको अध्यक्षतामा समिति गठन

रोल्पा २०८२ भाद्र १९ गते बिहिवार


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुनिलस्मृति गाउँपालिका २ नं वडाको तेस्रो अधिवेशन आज रोल्पाको खुङगृमा सम्पन्न भएको छ ।
अधिबेशनका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महाराले उदघाट्न गर्नु भएको थियो ।

अधिबेशनमा बोल्दै प्रमुख अतिथि महराले काङ्ग्रेस र एमाले संघ र प्रदेशमा दुई तिहाइको सरकार संचालन गरिहेका छन । सत्ता साझेदार कुनै दलले समर्थ फिर्ता लिएको एक महिना भित्र विस्वासको मत ल्याउने कानुनी ब्यबस्था रहे पनि प्रधानमन्त्री केपि शर्मा वलि र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराय आचार्यले समर्थ फिर्ता लिएको एक महिना भन्दा बढि समय भै सक्दा पनि विस्वासको मत नलिएको बताउदै यो सरकार लोकतान्त्रिक नभै निरङ्कुस सरकार भएको बताउनु भयो । त्यस्तै प्रमुख अतिथि महराले पछिल्लो समय केहि मान्छेहरु विचार,सिद्धान्त र लक्ष्य केहि नभएको रास्ट्रिय स्वतन्त्र पार्टी लाई नयाँ नयाँ भन्दै गाउँ गाउँ हिड्ने गरेको देखिन्छ जुन पार्टी को निति र बिधि नै नभएको पार्टीमा किन लागेको भनि प्रस्न गर्नु भयो ।


त्यस्तै नेपालमा जनयुद्ध हुनु भन्दा पहिले हामिले नेपालमा राजा फाल्ने हो भन्दा जनताको राजा फालेमा पैसा कस्ले छाप्छ भन्ने चेतना थियो त्यस चेतना लाइ हामिले दश वर्षमा राजतन्त्र फालि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौ । हाम्रो लक्ष्य यतिमा सिमित रहने होइन अबको हाम्रो लक्ष्य समाजवादी ब्यबस्था ल्याउने बताउनु भयो ।
रोल्पामा हामिले ४८ साल देखि नै हाम्रो हातमा सत्ता लिदै आएका छौ तर पनि हामिले केहि पालिका र वडा हामिले किन चुनाव हाछौ त्यस विषयमा हाम्रो पार्टीले गम्भीर भएर सोच्नो पर्ने अबस्था आएको बताउनु भयो । देशको विकास गर्ने भनेको माओवादी पार्टी हो केहि दिन अघि मात्र लिजामा माओवादी केन्द्रले जितेको गाउँपालिका नै पहिलो दोस्रो तेस्रो भएकोले देश भरि राम्रो काम गर्ने माओवादी नै हो सन्देश दिनु पर्ने बताउनु भयो । हिजो जनयुद्धको समय हामिले जनता केन्द्रिय काम गर्ने गरेकोले हामीलाई जनता लाई माया गर्नु हुन्थ्यो जस्ले जनयुद्ध सफल भएको थियो अहिले हामिले जनता केन्द्रियत काम गर्न निर्देशन गर्नु भयो ।


त्यस्तै नेकपा माओवादी केन्द्रको बैकल्पिक केन्द्रिय सदस्य गुणेन्द्र घर्तीले क्रान्तिको आधार भुमिको रुपमा परिचीत रोल्पा अनि सुनिलस्मृति गाउँपालिका हामिले भन्दै आए पनि खुङगृमा हामिलाइ दुई दुइ पटक गोल्डेन चान्स पाउदा पनि हामिले चुनाव जित्न सकेनौ त्यसको पछाडि कारण के रहेको छ भनि हामि र हाम्रो पार्टीले सुस्म रुपमा अध्ययन गर्नु पर्ने बताउनु भयो । यस वडा काङ्ग्रेसको बलियो भए पनि काङ्ग्रेस भित्रको द्वन्द हुदा हुँदै पनि स्वतन्त्र उमेदवारले दुइ पटक चुनाव जित्नुको पछाडि कारण के छ भनि खोज्न आवश्यक भएको बताउनु भयो । रोल्पा हाम्रो आधर भुमि हो रोल्पाको विकास माओवादीले नै गर्छ र गर्ने छ त्यसकारण अझै २०/२५ वष हाम्रो पार्टीको नेतृत्वमा स्थानीय सरकार संघ र प्रदेशमा हामिले जित्ने बताउनु भयो ।


नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा रोल्पा जिल्ला समन्वय समिति सचीव पुर्ण बहादुर वलिले हाम्रो पार्टीको विधानमा उल्लेख भए अनुसार हाम्रो वार्षिक कार्यक्रम अनुसार वडाको अधिबेशन हामि गरि रहेका छौ । अधिबेशन को मुख्य उदेश्य नयाँ नेतृत्व निर्माण गरि पार्टीलाई चलाएमान गराउनको लागि हाम्रो पार्टी अधिबेशनमा लागेको बताउनु भयो । यस वडामा चुनाव हार्नुको कारण विचार र नितिको भन्दा एकताको कमि भएको बताउनु भयो ।


त्यस्तै लुम्बिनी प्रदेश समिति सदस्य पवन कवरले अधिबेशनमा बोल्नु हुदै सुनिलस्मृति गा.पा २ नं वडा माओवादी केन्द्र दुइ दुइ पट्क घाइते भएको बताउदै आगामी निर्वाचनमा हामि घाइते हुनु नपर्ने बताउनु भयो । गाउँ गाउँ बस्ती बस्तिमा हरेक खालका विकास गर्ने हाम्रो पार्टी माओवादी हो चुवान हार्नु पर्ने नि माओवादी किन भन्दै विगत मा यस वडा बाट मन्त्री समेत भए तर विकास केहि हुन सकेन भनि प्रश्न गर्नु भयो । यो विषयमा गम्भीर भएर सोच्नु पर्द्छ । अब हामिले ८४ मा ब्याज सहित असुल गर्न लाग्नु पर्ने बताउनु भयो । त्यस्तै अहिले माओवादी सरकारमा नभए पनि देश माओवादीको एजेन्डा देश अघि बढेको बताउनु भयो।


अधिबेशनमा बोल्दै लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद कवर हाम्रो पार्टीको निति र विधान अनुसार हामिले सुनिलस्मृति गाउँपालिकाको सबै वडाहरुमा अधिवेशन गरि रहेका छौ । अधिबेशनमा हामिले शुभकामना दिदै गर्दा सार्थकता भर्को छ । हाल सम्म २ वटा वडामा जुझारु र सशक्त वडा समिति बनेका छ्न । आज २ नं.वडामा पनि वडा हाक्ने समिती बन्नेमा आफुले विस्वस लिएको बताउनु भयो ।


सुनिलस्मृति गाउँ अध्यक्ष तथा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मणिराम बुढाथोकीले हिजो हामिले जङ्ल मा बसेर दुखका साथ संगठन निर्माण गर्ने गर्द्थुयौ तर अहिले खुल्ला राजनीतिमा आएको छ । स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले जहिले पनि जनताको पक्षमा काम गर्दै आएको बताउनु भयो । अहिले हाम्रो पार्टी कै एजेन्डामा देश संचालन भएको बताउनु भयो । त्यस्तै अध्यक्ष बुढाथोकी ले हिजो रगत बगाउने ज्यान गुमाउने माओवादी पार्टी हो तर अहिले सत्ता चलाउने काङ्ग्रेस एमाले दलाल भ्रष्टाचार भएका छन । त्यसको हुनुको पछाडि तपाईं हाम्रो व्यबहार र क्रियाकलापले गर्दा उनिहरुले त्यो अबसर पसेको बताउनु भयो ।
त्यस्तै नेकपा माओवादी केन्द्र सुनिलस्मृति गाउँपालिका अध्यक्ष रत्न महरा हामिले हिजो २ नं वडा हार्नुको मुख्य कारण कस्तुरीले आफ्नो विना उसलाई थाहा नपाए जस्तो भएको बताउदै हामिले आफुले आफुलाइ नचिन्नाले पछि परि रहेका बताउनु भयो २०७९ को निर्वाचनमा हाम्रो पार्टी बाट चार जाना वडा सदस्य जितियो अब २०८४ को निर्वाचनमा वडाको सबै सेट हात पार्ने गरि सबै जना लाग्नु पर्ने बताउनु भयो । अधिबेशनले चुमान रानाको अध्यक्षतामा ३ जना पछि थप्नेगरी २५ सदसिय समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस