नेकपा (एमाले) जिल्ला कमिटि सदस्य जिम्मेवारी निर्वाह गरिसकेकी सुमित्रा राना नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकी छन्। माओवादी केन्द्र बबई गाउँपालिका समितिको आयोजनामा भएको पार्टी प्रवेश कार्यक्रममार्फत रानाले माओवादी केन्द्रको सदस्यता लिएकी हुन्। 
कार्यक्रममा प्रमुख अतिथि रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले रानालाई खादा ओडाएर पार्टीमा स्वागत गरेका थिए।
अनेमसंघ उपाध्यक्षसमेत रहेकी रानालाई कार्यक्रममा पार्टी सदस्यता प्रदान गरिएको माओवादी केन्द्रले जनाएको छ।

