
नेकपा (एमाले) का पूर्व केन्द्रीय सदस्य तथा मुगु खत्याड गाउँपालिकाका पूर्व अध्यक्ष उब्जनबहादुर शाही नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन्।
बिहिबार नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेताहरू प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, ठगेन्द्रप्रकाश पूरीलगायतले शाहीलाई स्वागत गरेका हुन्। उनि मुगु्मा मात्र नभएर कर्णालीकै प्रभावशाली नेताकोरुपमा चिनिन्छन ।
त्यस्तै नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार यदुबम्श झा पनि नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदैछन्।
सहसंयोजक नेपालसँग नेता झाले एमाले परित्याग गरेर नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन तयार भइसकेको जानकारी गराइसकेको बताइएको छ।

