• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाली कम्युनिष्ट पार्टीको एकता सभा घर्तिगाउँमा सम्पन्न

दाङ २०८२ मङ्सिर २९ गते सोमवार

नेपाली कम्युनिष्ट पार्टी माडी गाउँपालिकाको एकता सभा घर्तिगाउँमा सम्पन्न भएको छ ।


   नेपाली कम्युनिष्ट पार्टीका माडी गाउँपालिका संयोजक भरत बहादुर बुढामगरको अध्यक्षता एवम् नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र कुमार पुन सिजलको प्रमुख आतिथ्यतामा भएको सभामा नेकपा कै केन्द्रिय सदस्य मनसिङ डाँगीको विशिष्ट आतिथ्यता रहेको थियो । सभामा नेकपा लुम्बिनी प्रदेश सदस्य नन्द बहादुर पुन, अमरसिंह घर्ति, धनिकला घर्ति, मानसिङ बिकलगाएतको उपस्थित रहेको थियो । एकता सभामा माडी गाउँपालिकाका ६ वटै वडाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।


    नेकपा लुम्बिनी प्रदेश सदस्य जयपुरी घर्तिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन नेपाली कम्युनिष्ट पार्टीका माडी गाउँपालिका सदस्य विर बहादुर घर्तिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस